सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्य पुनः वृद्धि

 

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ।

शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी  रु चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो।

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच  भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.