Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन
- प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ
- पोखराको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ
- को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु
- पूजा गुरुङ र जश्मिन श्रेष्ठको ‘हली’टिजरमा झल्कियो दर्दनाक घटना
- मदरल्याण्ड माविका ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए
- प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
- पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन
- ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज
- तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
काठमाडौँ,
राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।
सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए ।
सो सभाको २०८२ भदौ १३ गते बसेको बैठकले राष्ट्रिय सभाबाट उक्त विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिका पठाएको थियो । समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
समितिका सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराएब।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते उक्त विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।
Prev Post
Next Post