Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रियंका कार्कीको पहिलो निर्माण ‘मास्टर्नी’को ट्रेलर रिलिज, आमा र छोरीको सङ्घर्षको कथा
- साउन २२ मा आउँदै ‘हली’: युके अधिकार राम्रै रकममा बिक्री, सेप्टेम्बरमा विशेष शो
- ‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट
- ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’भन्दै रोडमा भेटिए ‘लज्जावती’का निरौला
- हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर
- निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस्: गृहमन्त्री गुरुङ
- ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ
- मनसुनजन्य विपद् व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई दियो निर्देशन
- सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयोः मिराज ढुंगाना
- स्पोर्टस टुरिज्मको लक्ष्य बोकेका पराजुलीको नाट्टा सचिवमा उम्मेदवारी
एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात
झापा,
चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु तीन अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।
त्यस्तै उक्त सात महिनाको अवधिमा रु एक अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, रु ४३ करोड ५८ लाख मूल्य पर्ने चार हजार ७३६ किलोलिटर एटिएफ र रु ११ करोड ३० लाख मूल्य पर्ने एक हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।