सुचना, समाचार र मनोरन्जन

कास्की- ३ मा रास्वपाकी गुरुङ विजयी

 

गण्डकी : कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी बनेकी छिन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ।

 

Pach Pandav

निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बने भने नेकपा (एमाले)का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बने। त्यस्तै निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले एक हजार ४०६ मत, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरे।

 

कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७  मत खसेको थियो। निर्वाचित सांसद गुरूङ रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन्।

Leave A Reply

Your email address will not be published.