काठमाडौँ,
गायक हेमन्त शर्माले क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव भएको बताएका छन् ।
नेपालमै उपचारपछि आफ्नी श्रीमती रितु शर्माको स्तन क्यान्सर ठिक भएको खुसी सामाजिक सञ्जालमा सेयर गर्दै क्यान्सरको उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता नरहेको उनले बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ६ महिना लामो जटिल उपचार प्रक्रियापछि श्रीमती रितु क्यान्सर मुक्त भएको जानकारी दिए । क्यान्सरको स्वदेशमै गुणस्तरीय उपचार सम्भव रहेको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘गत भदौको तेस्रो साता डाइलासिसमार्फत सुरु भएको स्तन क्यान्सरको मुख्य चरण ८ पटक किमोथेरापी, डबल मास्टेक्टोमी ९शल्यक्रिया० र १५ पटक रेडिएसन सेसन नेपाल क्यान्सर हस्पिटल, ललितपुरमा हालै पूरा भएकोछ ।’