Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रिया खत्री र कृष क्षेत्रीको स्वरमा नयाँ गीत ‘युके शहर’ सार्वजनिक
- ‘चंगुल’ टिमद्वारा असोज १६ को प्रदर्शनअघि देशभक्तिपूर्ण गीत रिलिज
- टनेल २६ टोलीसँग गृहमन्त्री गुरुङको भेट, आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषमा
- चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’,प्रियंका कार्कीको हट अवतार
- सुमन गजमेरको निर्देशनमा बन्ने ‘हाम्रो सानो घर’ मा देखिने भइन् मोडल पूर्णिका
- कास्की कांग्रेसमा कमला गिरीको दाबी: सामाजिक र व्यावसायिक अनुभव संगठन हितमा लगाउने संकल्प
- नारायणीको जलसतह हालसम्मकै उच्च
- सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
- नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई.रामबहादुर के.सीको सशक्त उम्मेदवारी
- कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
गण्डकी,
जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेको कार्यालयले जनाएको छ ।
मापदण्ड विपरीत स्पा सेन्टर चलाएको, बालिकाहरूलाई कामदार बनाएको र स्पा सेन्टरभित्र अवान्छित क्रियाकलाप गर्ने र गराउने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
Next Post