काठमाडौं :
फिल्म ‘अक्षरा’को शुभमुहूर्त शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा सम्पन्न गरिएको छ। निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्देशक बिनयराज पौडेल हुन्। दर्जनौँ फिल्ममा सहायक निर्देशकको भूमिका निर्वाह गरिसकेका उनले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाको पनि अभिनय रहनेछ।
गीत सुरेन्द्र रानाले लेख्नेछन् भने संगीत कर्णराज गिरीको रहनेछ। कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनले गर्नेछन्। छायांकन दीपेन बस्न्यात, श्रृंगार मदन न्यौपाने र भेषभूषा प्रार्थना भट्टराईले सम्हाल्नेछन्। निर्माण व्यवस्थापक सुमन काफ्ले हुन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्।
फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि।मार्फत दीपक दंगालले गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक .मनोज बोहोरा रहेका छन् भने सम्पादन गौतमराज खड्काले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्।