सुचना, समाचार र मनोरन्जन

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी,

स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३ गत शनिबार बिहान आएको विनाशकारी बाढी सम्झेर स्थानीय जनता अहिले पनि त्रसित देखिन्छन् ।

माछापुच्छ्रे« र अन्नपूर्ण हिमश्रृङ्खलाबाट खसेको हिमपहिरो र साना हिमताल फुट्दा उत्पन्न भएको विपद्लाई मार्मिक र दर्दनाक घटनाका रुपमा पोखरेली जनताले लिने गरेका छन् ।

सेती नदीमा आएको वेमौसमी बाढीको चर्तिकला र त्यसले पु¥याएको धनजनको क्षतिबाट प्रभावित जनतामा त्रासको अवस्था सिर्जना भएको हो । बिहानपख अचानक आएको सेती नदीको बाढीले क्षणभरमै मानव जीवनलाई तहसनहस बनाएको थियो ।

हिमाल र आसपासको क्षेत्रबाट झरेका विशाल तीन वटा ढुङ्गाले सेतीको खोचमा बाँध बनाएको र माथिल्लो भागबाट लगातार झरेको माटो, ढुङ्गा र गेग्रानले नदीमा अस्थायी बाँध बनायो, जसले त्यहीँ सानो तालको रुप लियो । अस्थायी प्रकृतिको तालमा पानी र माटो, बालुवा–ढु्ङ्गाको गेग्रान थपिदै जाँदा भार थेग्न नसकी तल्लो तटीय क्षेत्रतर्पm फुटी क्षणभरमै ५८ जनाको ज्यान गएको थियो ।

सेतीनदी किनारमा सामान्य जस्तै थियो । खारपानी र सार्दीखोलाका बासिन्दा आप्mनै दैनिकीमा व्यस्त थिए भने वाहिरबाट गएकाहरूमध्ये केही स्थानीय तातोपानी कुण्डमा आनन्द लिइरहेका थिए भने कतिपय नदी किनारामा वनभोजमा रमाइरहेका थिए । यसैबीच त्यहाँ कसैले पनि कल्पना समेत गरेका थिएनन केही मिनेटमै त्यही शान्त सेतीनदी मृत्युको भेल बनेर आउनेछ भनेर ।

पीडादायी सो घटनालाई जीवन्त र स्मरणीय बनाउने उद्देश्यले बाढीमा ज्यान गुमाउनेको स्मृतिमा रेडियो अन्नपूर्णद्धारा गठित राहतकोषको आर्थिक सहयोग र सार्दीखोला पोखरा सम्पर्क समाजको व्यवस्थापनमा निर्मित सेतीवाढी स्मृति पार्कमा निर्माण गरिएको स्तम्भमा उल्लेख गरिएको छ । स्तम्भमा लेखिए अनुसार कूल ५८ जनाको ज्यान गएकामा तीन जना विदेशीसहित ३१ जना बेपत्ताको सूचीमा रहेका छन् ।

तीन वटा ढुङ्गा विस्तारै सँगसँगै बगेको कारण जति तल आयो त्यती बाढीले झन उग्ररुप लिएको र उक्त ढुङ्गाङ्गा मान्द्रो बेरेको चालमा विस्तारै बगेको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ चिप्लेटी निवासी घटनाका प्रत्येक्षदर्शी रामजी भण्डारी बताउनुहुन्छ ।

सोही स्थानमा व्यापार व्यवसाय गर्दै आउनुभएका भण्डारीले भन्नुभयो,“ घर नजिक सेती नदीको किनारस्थित खरको कटेज छाउँदै गर्नुभएको अवस्थामा बुबाले चिच्याउँदै बाढी आयो सबै जना भाग भन्नासाथ भागेर ज्यान जोगाउन सकिएको हो, नत्र अहिले १४औ स्मृति दिवस सम्पन्न भइसक्थ्यो ।”

सेतीनदीको दायाँबायाँ दुवैतर्फ बितन्डा मच्चाउने तीन वटा ढुङ्गा यही नजिक चिप्लेटीमा थन्किएको देख्न सकिन्छ । “बाढी आउँदा जमिन नै भूकम्प गएजस्तो भएको थियो” भण्डारी सम्झनुहुन्छ, “वास्तवमा ५८ जनाको ज्यानखाने त तीनै ढुङ्गा वा होइन थप अनुसन्धानको बिषय बनेका छ ।”

सेतीनदीभन्दा करिब २० मिटरमाथि रहेका ती तीन वटा ढुङ्गा वाढीपछि मात्र सो स्थानमा देखिएका हुन । जुन ढंङ्गा किनारामा लागेपछि सेतीनदीले पहिल्यकै सामान्य रुप लिएको उहाँ बताउँनुहुन्छ ।

“उक्त स्थानमा देखिएका ती ढंङ्ङ्गा नयाँ हुन बाढीभन्दा अघि थिएनन् बाढीसँगै आएका हुन्” उहाँले भन्नुभयो,“हामीले पुस्तौदेखि घाँस काट्ने, गाई भैँँसी चराउने, मकै– कोदो रोप्ने र भट्टमास छर्ने सो ठाउँमा अहिले पनि तीन वटै ढुङ्गासँगै रहेका छन् ।”

भन्डारी भन्नुहुन्छ, “सेतीबाढीका बारेमा धेरै अनुसन्धान भए, सतर्कताको यन्त्र पनि जडान गरिए तर सेतीनै थुन्ने र बाढीको प्रमुख भूमिका खेल्ने शान्त, तर इतिहास बोकेका तीनवटा ढुङ्ङ्गाको बारेमा कसैको पनि चासो र ध्यान पुगेको देखिँदैन । यदी ती ढुङ्गा उक्त स्थानमा नरोकिएको भए सेतीले थप उग्ररुप लिने र अझ बढी क्षेती पु¥याउने थियो । ”

उक्त स्थानलाई पार्कका रुपमा विकास गर्दै बाढीमा ज्यान गुमाएकाहरुको तीनै ढुङ्गामा शालिक बनाउन सक्ने हो भने धार्मिक, सांस्कृतिक, र पुरातात्विक महत्वले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने माछापुच्छ्रे« गाउँपालिका वडा नं। २ का वडाध्यक्षका गणेश आचार्यको भनाइ छ । उहाँले ती ढुङ्गाका बारेमा आफू जानकार नभए पनि पुरातात्विक महत्वको सो क्षेत्रको स्थलगत अध्ययन गरेर सम्भावनाका वारेमा आवश्यक पहलसहित पर्यटन प्रवर्द्धनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि बाढीग्रस्त क्षेत्रसहित तातोपानी कुण्डलाई समेटेरे पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ रु २२ लाखको गुरुयोजना निर्माण भएपनि सम्बन्धित निकायबाट बजेटको व्यवस्था हुन नसकेकोमा उहाँको दुखेसो थियो ।

माछापुच्छ« गाउँपालिका वडा नं। १ को सादल, कपुते, भराभरीलगायतका स्थान हुँदै सेती नदी थुनिएको स्थानसम्म पुग्नका लागि झण्डै २० देखि ३० किलोमिटरको दुरीमा पार गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सेतीको बाढीले केवल मानवजीवन मात्र होइन, संरचना पनि तहसनहस बनायो । पुल, सडक, घर, खानेपानी र बिजुलीका संरचना क्षतिग्रस्त भए । पोखरा उपत्यकासम्म यसको असर देखिएको थियो ।

प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० पोखराका प्रमुख डा रविन कडरियाका अनुसार सेतीमा आएको वेमौसमी बाढीले जनधनको क्षतिसहित पर्यटन प्रवर्द्धनमा समेत असर परेको बताउँदै माछापुच्छ«ेको वडा नं. १ मा रहेको तातोपानी कुण्डलाई थप व्यवस्थित गर्नमा लागिएको छ ।

प्रकृतिको सुन्दरता जत्तिकै यसको शक्ति भयावह हुन सक्दछ भन्ने यथार्थ सेतीको यो बाढीले सधैँ सम्भाइरहने छ । बाढीले केवल संरचना मात्र होइन परिवारका आधारस्तम्भहरु पनि खोस्यो जसका कारण धेरैले आफन्त गुमाए भने कैयौँ बालबालिका अभिभावकविहीन हुन पुगे । सो घटनाको सम्झनमा यस क्षेत्रका स्थानीयको सहभागितामा विभिन्न कार्यक्रम हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.