काठमाडौँ माइतीघर मण्डलामा सुकुम्वासीले प्रदर्शन गरेका छन् । उनीहरूले आज नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
काठमाण्डौ उपत्यकामा रहेका सुकुम्वासीले काठमाण्डौ महानगरपालिका र सरकारले डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले मानव अधिकारको रक्षा, सबैलाई बराबर गरिनुपर्नेलगायत माग राखेका छन् ।
सरकारले थापाथली, गैरीगाउँ, मनोहरालगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घरटहरा हटाएको थियो । साथै त्यहाँ बसोवास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।