
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘गौैँथली’लाई ‘वेस्ट फरेन सिनेमा’को अवार्ड
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- चाडपर्वका कारण रगतको चरम अभाव: रक्तदान गर्न रेडक्रसको आह्वान
- चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो
- एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: हलनचोकमा प्रत्यक्ष प्रसारण
- गण्डकीमा प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा कर्मचारी माग
- ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?
- ‘सारथी’को टिजरमा गिरिको रहस्यमय यात्रा, निरुतालाई ‘आमा’ सम्बोधन गरेपछि बढ्यो कौतूहल
- हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’
- ‘कंगाल करोडपति’पछि राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो फिल्म ‘नौ डाँडा काटेर’
माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम
बागलुङ,
बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत धारणा निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालको सहयोग र जनश्रमदानबाट प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरिएको हो ।
गोर्खा वेलफेयरको रु ३६ लाख र स्थानीयको रु नौ लाखको श्रमदान गरी कुल रु ४५ लाख लागतमा देउराली खानी गाउँका प्रत्येक घरमा धारा निर्माण गरिएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
खानेपानीको स्रोत नजिकै भए पनि सहज पहुँच नहुँदा वर्षौँदेखि स्थानीयले समस्या भोग्दै आएका थिए । माझगाउँभन्दा माथिको छरछेरे मुलबाट पानी सङ्कलन गरी पाइप लाइनमार्फत घरघरमा पु¥याइएको उहाँको भनाइ छ । दुई हजार लिटरका दुई र पाँच हजार लिटर क्षमताका दुई ट्याङ्की निर्माण गरी गाउँमा पानी झारिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । हरेक स्थानीयको घरमा अहिले पार्यप्त पानी पुगेको उहाँको भनाइ छ ।
“गाउँमा खानेपानीको निकै समस्या थियो, यो समस्या समाधानका लागि लामो समयदेखि प्रयास गर्दै आएका थियो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “घरमा पानीका धारा बनेपछि गाउँले सबै खुसी भएका छौँ, यसले हाम्रो दैनिकी नै फेरिने अपेक्षा छ ।”

विसं २०५३ मा कादुरी संस्थाले निर्माण सार्वजनिक धाराबाट अहिलेसम्म स्थानीयले खानेपानी उपभोग गर्दै आएका थिए । एउटा धाराबाट धेरै उपोक्ताले पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो ।
एक घर, एक धारा बनेपछि सहज भएको स्थानीय मनकुमारी छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा धाराबाट धेरै परिवारका मान्छेले पानी उपभोग गर्दा कति समस्या भोगे हौँला रु, अब त त्यो समस्या कहिल्यै आइपर्ने छैन, बिहानै उठ्यो, पानीकै चिन्ता, साँझ प¥यो पानीकै चिन्ता, अहिले बल्ल हाइसञ्चो भयो, अब त जतिबेला चाइयो, त्यतिबेला आँगनको धारा खोलेर पानी भर्न पाएका छौँ ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले खानेपानी समस्या भएका गाउँ बस्तीमा पालिकाले सहजीकरण गरेर समस्या समाधान गर्न थालेको बताउनुभयो । नगरपालिकाका कतिपय गाउँबाट खानेपानीको समस्याका कारण बसाइँसराइसमेत भएको भन्दै अब कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट वञ्चित नहुने उहाँको भनाइ छ ।
सानातिना खानेपानी समस्या भएको स्थानमा पालिकाले नै समस्या समाधान गरको भन्दै ठूला योजना विभिन्न सङ्घसंस्था तथा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको उपप्रमुख शर्माले बताउनुभयो ।