सुचना, समाचार र मनोरन्जन

‘बाः एक योद्धा’ भदौ १९ मा प्रदर्शन हुने, वितरणको जिम्मा कुवेर सिने डिस्ट्रिब्युसनलाई

काठमाडौं :

आगामी भदौ १९ गते अर्थात् कुशे औंसीको पूर्वसन्ध्यामा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ को नेपालभरको वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ। निर्माता वसन्त लम्साल र वितरक कम्पनीका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच मंगलबार चलचित्र प्रदर्शन र वितरणलाई लिएर औपचारिक सम्झौता भएको हो।

नेपाली सङ्गीत क्षेत्रमा स्थापित गायक, रचनाकार तथा सङ्गीतकार हरि लम्सालको लेखन तथा डेब्यु निर्देशन रहेको यस फिल्मले नेपाली समाजमा बुबाले सन्तानको भविष्यका लागि गर्ने त्याग र सङ्घर्षको कथालाई मुख्य विषयवस्तु बनाएको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सामाजिक फिल्ममा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त मुख्य भूमिकामा देखिँदैछन्।

शिवराम श्रेष्ठको छायांकन र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको यस फिल्मले समाजको वास्तविक पक्षलाई उजागर गर्ने र दर्शकको मन जित्नेमा निर्माण पक्ष तथा वितरक टोली पूर्ण रूपमा ढुक्क देखिएका छन्।

Leave A Reply

Your email address will not be published.