सुचना, समाचार र मनोरन्जन

बसपार्क क्षेत्रका सुकुम्वासीलाई ३ दिनभित्र विवरण पेस गर्न महानगरको आग्रह

पोखरा,
पोखरा महानगरपालिका ले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आवश्यक कागजातसहित आफ्नो विवरण पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

महानगरपालिकाका अनुसार यसअघि निस्सा वितरण गरिएका पोखरा उपत्यका नगर विकास समिति को स्वामित्वमा रहेको पोखरा बसपार्कस्थित जग्गामा बसोबास गरिरहेका परिवारले तोकिएको ढाँचामा आफ्नो तथा परिवारको विवरण भरी मिति २०८३ जेठ ८ गतेभित्र वडा नं। ९ को कार्यालयमा बुझाउनुपर्नेछ ।

महानगरपालिकाले सूचना जारी गर्दै सम्बन्धित सबैलाई तीन दिनभित्र विवरण पेस गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार विवरण बुझाउँदा पोखरा महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली तथा परिवारका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी घरमूली र परिवारका सदस्यबीचको नाता प्रमाणित गर्ने कागजात वा घरमूली स्वयंले नाता खुलाएको स्वःघोषणा पत्र पनि पेस गर्नुपर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले उक्त विवरण संकलनलाई बसोबास व्यवस्थापन तथा भूमिसम्बन्धी प्रक्रिया अगाडि बढाउने तयारीको भागका रूपमा लिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.