सुचना, समाचार र मनोरन्जन

दोहोरो अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

काठमाडौँ,

सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । सातको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २७।८५ बिन्दुले बढेर २७८६।३५ बिन्दुमा पुगेको हो ।

यो दिन ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचुअल फन्डको सूचक घटेको छ ।

आज बजारमा २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन । सबैभन्दा धेरै वृद्धि थ्रिस्टार हाइड्रोपावरमा ९।०१ रुपैयाँले हुँदा सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन्।
सबैभन्दा धेरै गिरावट बुंगल हाइड्रोपावरमा १०।३२ प्रतिशतले भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ ।

आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

Leave A Reply

Your email address will not be published.