सुचना, समाचार र मनोरन्जन

अनधिकृत यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ

 

तेह्रथुम : अनधिकृतरूपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चारजना पक्राउ परेका छन्।

 

म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

 

प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो।

 

उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौवटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।

 

म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मङ्गलबार २०–२५ जनाले यार्सागुम्बा सङ्कलन गरिरहेका सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

 

मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले जानकारी दिए।

 

डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले राजस्व तिरेपछि मात्र यार्सा सङ्कलन गर्न पाइने बताए। अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेमा प्रतिकिलो ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिवटा ३१ पनि लाग्नेछ।

 

डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुनेबाट वार्षिक करिब तीन लाख तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोडसम्म राजस्व सङ्कलन हुँदै आएको छ।

Leave A Reply

Your email address will not be published.