Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव: चलचित्र ‘रोल नं १’ व्यापारिक लयमा, स्कुलहरूद्वारा हल बुकिङ
- पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्र ‘हली’ चर्चामा,साउन २२ मा आउने
- साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन
- गायक तथा निर्माता रामकृष्ण ढकाल अमेरिका प्रस्थान: ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन र साङ्गीतिक यात्रा सुरु
- डी सिने अवार्ड : ज्ञानेन्द्र देउजा र निरुता सिंहलाई रजत सम्मान, सचित खड्कालाई पत्रकारिता पुरस्कार
- दीपाश्री, नम्रता र प्रमोद अभिनीत चलचित्र ‘स्त्री’ मंसिरमा रिलिज हुँदै
- एनवाईईएफ पोखराको अध्यक्षमा ईन्जिनियर सरोज कायस्थ निर्वाचित
- पोखराका सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी
- बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार
- अनधिकृत यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ
महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ
पर्वत,
जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम सञ्चालन गरेको छ ।
बसाइँसराइ रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाइँ सरेर गाउँ आउनेलाई आर्षित गर्न सुरु भएको त्यस कार्यक्रमअन्तर्गत हालसम्म १५ जना परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि रु एक लाख अनुदान र सुरुको छ महिनाका लागि आवश्यक खाद्यान्न दिने गरिएको छ ।
बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिनुका साथै जग्गा जमिन बाँझिदै गएपछि यो कार्यक्रमअन्तर्गत अनुदान दिन थालिएको अध्यक्ष भुसालले स्पष्ट पार्नुभयो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ देखि यस्तो कार्यक्रम लागू गरेको हो । महाशिला गाउँपालिकाका–६ वटै वडाबाट बसाइँ सरेर जानेक्रम पछिल्लो एकदशकयता निकै बढेको छ । गाउँका अधिकांश घर खाली हुन थालेका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाडीले भरिएको छ ।
गाउँमा सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गए पनि बसाइँसराइ गरेर जानेक्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।
उहाँका अनुसार, उक्त रकम घर बनाउनका लागि अनुदान दिइएको हो । जसको घर छैन वा जीर्ण बनेको छ, त्यस्तालाई घर मर्मत गर्न वा नयाँ बनाउनका लागि प्रतिपरिवार रु एक लाख अनुदान दिन थालिएको हो ।
बसाइँसराइ गरेर गाउँ फर्केका परिवारले गरेको खेतीबाट उत्पादन लिन कम्तीमा छ महिनाको समय लाग्दछ । छ महिनापछि आफँैले उत्पादन गरेको अन्नबालीले खान पुग्ने भए पनि उत्पादन नहुनेबेला गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउँदै आएको छ । परिवारको सङ्ख्याअनुसार चामल, दाल, तेल, तरकारीलगायत आवश्यक खाद्यान्नका लागि सहयोग गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
उक्त अनुदानले सहज रुपमा गाउँमा जीवनयापनको सुरुआत गरोस् भन्ने पालिकाको उद्देश्य रहेको पाण्डेयले बताउनुभयो ।
पालिकाका अनुसार लामो समयदेखि बसाइँ सरी गएकाले पनि गत वर्षदेखि गाउँ फर्केर फलफूलखेती गर्न थालेका छन् । बाँझो जमिन उपयोग गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा निःशुल्क बिरुवासहित बिरुवा रोप्ने खर्च उपलब्ध गराएपछि उनीहरु गाउँ फर्किएर फलफूलखेती गरेका हुन् ।
महाशिलाका अधिकांश नागरिक पोखरा, चितवन, नवलपुर, भैरहवालगायत ठाउँमा बसाइँ सरेर गएका छन् । त्यहाँका चार वटा वडाका १५ घरपरिवारका ३२ जना गाउँपालिकामा फर्केर आएका हुन् । उनीहरुलाई वडा कार्यालयको सिफारिस र गाउँ कार्यपालिकाको निर्णयबमोजिम अनुदान रकम वितरण गर्ने तयारी भइरहेको अध्यक्ष भुसालले बताउनुभयो ।
पालिकाका अनुसार पछिल्लो एक वर्षमा गाउँपालिकाबाट ९३ परिवारका ३२५ जना भने गाउँपालिकाबाट बसाइँसराइ गरेर गएका छन् ।