Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव: चलचित्र ‘रोल नं १’ व्यापारिक लयमा, स्कुलहरूद्वारा हल बुकिङ
- पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्र ‘हली’ चर्चामा,साउन २२ मा आउने
- साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन
- गायक तथा निर्माता रामकृष्ण ढकाल अमेरिका प्रस्थान: ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन र साङ्गीतिक यात्रा सुरु
- डी सिने अवार्ड : ज्ञानेन्द्र देउजा र निरुता सिंहलाई रजत सम्मान, सचित खड्कालाई पत्रकारिता पुरस्कार
- दीपाश्री, नम्रता र प्रमोद अभिनीत चलचित्र ‘स्त्री’ मंसिरमा रिलिज हुँदै
- एनवाईईएफ पोखराको अध्यक्षमा ईन्जिनियर सरोज कायस्थ निर्वाचित
- पोखराका सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी
- बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार
- अनधिकृत यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ
साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ,
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।
हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
महानिरीक्षक अर्यालले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्न निर्देशन दिनुभयो ।
त्यसअवसरमा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न अनुरोध गर्नुभयो