सुचना, समाचार र मनोरन्जन

कालिका मन्दिर परिसरमा वृक्षरोपण

बागलुङ,
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा बागलुङको कालिका मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।  मन्दिर परिसरमा कल्की फूल, अमला, तेजपात, कपुरलगायत जडीबुटीका झण्डै १०० औषधीय गुण भएका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालयको अगुवाइमा धार्मिक महत्त्व तथा पर्यावरणलाई सन्तुलित राख्ने उद्देश्यले विश्व वातावरण दिवसका सन्दर्भमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो । कालिका मन्दिरमा देश तथा विदेशबाट धार्मिक पर्यटक आउने गर्छन् ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले यहाँ लगाइएका बिरुवालाई हुर्काउने र संरक्षण गुठीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीले वृक्षरोपण गरेका हुन् । वन कार्यालयले मन्दिरको फोहर व्यवस्थापनका लागि २० थान डस्टबिन सहयोग गरेको छ ।
Leave A Reply

Your email address will not be published.