सुचना, समाचार र मनोरन्जन

प्रमोद खरेल बने ‘गाउँबेशी लोजिस्टिक’को ब्राण्ड एम्बेसडर

काठमाडौँ । 

लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्। कुरिअर सेवाको क्षेत्रमा थुप्रै सेवाग्राहीको मन जित्दै आएको गाउँबेशी लोजिस्टिकले आज (शुक्रबार) एप्रिकस क्याफेमा पत्रकार भेटघाट गर्दै गायक खरेललाई औपचारिक रुपमा ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको जानकारी गराएको हो। साथै दुबैपक्ष बिच एमओयुमा समेत हस्ताक्षर गरिएको थियो।

गाउँबेशी लोजिस्टिकको तर्फबाट सिईओ बिपिन रिजाल र गायक खरेलले हस्ताक्षर भएको एमओयुमा साटासाट गरेका थिए। जसरी प्रमोद खरेल नेपालको पुर्व मेची देखी पश्चिम महाकालीसम्म जनजनको मनमा बस्नुभएको छ त्यसरी नै गाउँबेशी लोजिस्टिकले पनि प्रत्येक सेवाग्राहीको घरको ढोकासम्म सेवा दिइरहेको छ। कार्यक्रममा सिईओ रिजालले भने। हरेक नेपालीको मनमा बस्नुभएको गायकलाई हाम्रो कम्पनीसँग जोड्न पाउँदा खुसी लागेको छ।

सोहि अवसरमा प्रमोद खरेलको परम्परा ब्याण्डको अफिसियल गीत सलल कर्णाली सार्वजनिक गरियो। उक्त भिडियोमा गाउँबेशी लोजिस्टिक सहयोगी संस्थाको रुपमा रहेको छ। गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट समेत रहेका प्रमोद खरेलकै आवाज छ भने सपोटिङ आवाज सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो।

गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ। सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन्। भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन्।

गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए। गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन्।

Leave A Reply

Your email address will not be published.