पोखरा,
नेपाली मौलिक परिकार र सांस्कृतिक प्रस्तुतीलाई एउटै छानामुनि जोड्दै आएको दाउरा थकालीले देशका विभिन्न प्रमुख सहरमा आफ्नो उपस्थिति विस्तार गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।
हाल नयाँबजार, पेप्सीकोला, ललितपुर, गैरीधारा, भक्तपुर र पोखरामा सञ्चालनमा रहेका आउटलेटहरूमा दैनिक रूपमा उल्लेख्य सङ्ख्यामा ग्राहकको चहलपहल देखिन थालेको छ। सबै शाखामा एउटै गुणस्तर कायम राख्दै प्रिमियम स्तरको थकाली भोजन र आतिथ्य सेवा प्रदान गरिनु यसको लोकप्रियताको मुख्य आधार बनेको बताइएको छ।

दाउरा थकालीले परम्परागत नेपाली स्वादलाई आधुनिक व्यवस्थापनसँग जोडेर ग्राहकलाई फरक अनुभव दिने प्रयास गरिरहेको छ। स्वच्छ वातावरण, छिटो तथा मैत्रीपूर्ण सेवा र मौलिक परिकारका कारण परिवार, युवा पुस्ता तथा विदेशी पर्यटकको रोजाइमा यो रेष्टुरेन्ट पर्न थालेको छ।
खानासँगै नेपाली कला र संस्कृतिको संरक्षणमा समेत जोड दिँदै रेष्टुरेन्टले विभिन्न जीवित सांस्कृतिक प्रस्तुती समावेश गरेको छ। विशेषगरी परम्परागत सांस्कृतिक नृत्य, आकर्षक मयूर नृत्य तथा लोककथामा आधारित यति प्रस्तुतीले बालबालिकादेखि वयस्कसम्मलाई मन्त्रमुग्ध बनाउने गरेको छ।
स्थानीय समुदायका कला र परम्परालाई व्यावसायिक मोडलसँग जोडेर नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। यसले नेपाली सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

व्यवसाय विस्तारसँगै दाउरा थकालीले ‘अनुभूतिमूलक भोजन’ (Experiential Dining) को अवधारणालाई नयाँ उचाइमा पुर्याएको छ। स्वादिष्ट परिकारसँगै मौलिक संस्कृति र लोकपरम्पराको अनुभूति दिलाउने प्रयासले यसलाई नेपाली आतिथ्य क्षेत्रको उदाहरणीय ब्रान्डका रूपमा स्थापित गरिरहेको छ।

