सुचना, समाचार र मनोरन्जन

साउन २९ मा निखिलको ‘आचार्य’रिलिज हुने चर्चाकाबीच निखिलको स्पष्टीकरण : ‘प्राविधिक काम नसकिँदा मिति तोक्न सकिएको छैन’

काठमाडौँ :

अभिनेता निखिल उप्रेतीले निर्देशन गरेको फिल्म ‘आचार्य’ आगामी साउनमा प्रदर्शन हुने कुरामा चर्चा छ। एकदशकपछि निर्देशनमा फर्किका निखिलको यो फिल्म आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउने हल्ला चलिरहेको हो। तर उनी भने सोही मितिमा प्रदर्शन हुने नहुने कुरामा अन्योलता रहेको बताउँछन्। सोमबार पत्रकारसँग उनले फिल्मको प्राविधिक कामहरु भइरहेकाले अहिले नै भन्न नसक्ने बताए।

‘फिल्मको टेक्निकल काम अलि अप्ठ्यारो छ । त्यसमा ‘डे−नाइट’ नै काम गरिररहेका छौं,’उनले पत्रकारसँग भनेका छन्,‘ब्याकग्राउन्डको काम बाहिर भइरहेको छ। ग्राफिक्सको काम त्यत्तिकै छ। त्यो सही समय आउँछ कि आउँदैन भनेरै मिति नतोकेका हौं।’

हाल यस फिल्मको प्राविधिक कार्यहरू तीव्र गतिमा भइरहेका छन्। ब्याकग्राउन्ड स्कोर र ग्राफिक्सको काम भइरहेकाले कामको प्रगति हेरेर मात्र आधिकारिक मिति तोक्ने उप्रेतीको योजना छ। यस फिल्ममानिर्देशक उप्रेती आफै मुख्य भुमिकामा रहेका छन्। साथमा सञ्चिता लुईंटेल, पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी र भारतीय कलाकार दीपराज राणाको मुख्य भूमिका रहेको छ। फिल्म ‘भैरव’ निर्देशनको करिब ११ वर्षको अन्तरालमा उप्रेतीले यस फिल्ममार्फत निर्देशनमा पुनरागमन गर्न लागेका हुन्।

पछिल्लो समय निखिल घर बाहिरको व्यानरमा समेत काम गरिरहेका छन्। हालै उनले ‘कस्तुरी’नाम फिल्मको छायांकन सकाएका छन् भने ‘टिका’,‘पारस’मा पनि काम गर्दैछन्।

Leave A Reply

Your email address will not be published.