काठमाडौं :
अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘लाली बजार’ले हलमा ५१ दिन पार गरेको छ। गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले देशका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिनहरूमा शनिबार सफलतापूर्वक ५१ औं दिन पार गरेको हो।
यसअघि माघमा प्रदर्शन भएको ‘आ बाट आमा’ले ५१ दिन मनाएको थियो। यो फिल्म प्रदर्शनमा आएको झण्डै आधा वर्षपछि कम्पनी षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ले ५१ दिन हलमा कटाउन सकेको हो। क्यूएफएक्स (सिभिल मल, भक्तपुर, सिटी स्क्वायर), बिग मुभिज, रञ्जना सिनेप्लेक्ससहित बुटवल, इलाम र नेपालगन्जका हलहरूमा फिल्मले ५१ दिने यात्रा पूरा गरेको निर्माण पक्षले जानकारी दिएको छ।
फिल्ममा स्वस्तिमा खड्का,रबिन्द्र सिंह बानियाँ,मुकुन्द श्रेष्ठ लगायतको सशक्त अभिनयले घरेलु बजारमा यो फिल्मले ५१ दिन मनाउनका साथै ९ करोड ३२ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ। यम थापाको निर्देशनमा बनेको यस फिल्मले एक पिछडा वर्षको कथा भनेको छ।