Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘अचम्मको डिल’ ले पोखरामा ग्राहकको भीड तान्दै, TVS एक्सचेन्ज मेलामा नयाँ मोडलप्रति उत्साह
- सौरभको घोषणा गरे फिल्म ‘द राइज अफ साम्राज्य’
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
- पोखरामा अमेरिकी नागरिकको मृत्यु
- सांसदलाई स्वकीय सचिव दिने निर्णय सर्वोच्चद्वारा अस्वीकार
- संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
- ३३ अंक घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार
- आँपको उत्पादन बढ्यो, घटेन मूल्य
- नारायणगढ–मुग्लिन सडक खण्ड: पहिरो पन्छाउन तीन ठाँउमा उपकरण राखियो
- पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
पोखरामा अमेरिकी नागरिकको मृत्यु
गण्डकी,
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लड्नुभएका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्याइएकामा केहीबेरपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।
शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उहाँको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।