सुचना, समाचार र मनोरन्जन

‘अचम्मको डिल’: TVS एक्सचेन्ज मेलामा नयाँ मोडलप्रति उत्साह

पोखरा,

‘अचम्मको डिल’ नारासहित TVS का आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्रा.लि., पोखरा द्वारा आयोजित TVS एक्सचेन्ज मेला पोखरा रंगशाला गेट नम्बर–२ मा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। साउन १० गतेदेखि सुरु भएको मेला साउन १६ गते (शुक्रबार) सम्म चल्नेछ।

मेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS सवारी खरिद गर्दा उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन (Best Exchange Valuation) प्राप्त गर्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार पुरानो सवारीलाई नयाँ, आधुनिक तथा प्रविधियुक्त TVS मा अपग्रेड गर्न चाहने ग्राहकका लागि यो विशेष अवसर हो।

मेलाको प्रमुख आकर्षणका रूपमा हालै नेपालमा सार्वजनिक भएका TVS Ronin, TVS RTR 160 USD तथा TVS Orbiter लगायतका नयाँ मोडलहरू प्रत्यक्ष अवलोकनसँगै टेस्ट राइड गर्ने सुविधा उपलब्ध गराइएको छ। यसले ग्राहकलाई खरिदअघि नै सवारीको वास्तविक अनुभव लिन सहज बनाएको छ।

मेला अवधिभर पोखरा रंगशाला गेट नम्बर–२ स्थित मेला स्थलका साथै स्क्वायर मोटर्सको शोरुमबाट पनि एक्सचेन्ज सुविधा, नयाँ मोडलहरूको विस्तृत जानकारी, टेस्ट राइड तथा विभिन्न आकर्षक अफरहरूको लाभ लिन सकिने कम्पनीले जनाएको छ।

स्क्वायर मोटर्सले सबै ग्राहक तथा शुभेच्छुकलाई मेलामा सहभागी भई ‘अचम्मको डिल’ अन्तर्गत उपलब्ध विशेष अवसरको अधिकतम लाभ उठाउन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.