
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि
- राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
- खेलकुदसँग पर्यटन जोड्दै पोखरा एभेन्जर्स, क्याम्पिङ चौरको सौन्दर्यीकरण
- शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
- आज कात्तिक ३ गते मङ्गलबारको राशिफल हेर्नुहोस
- ‘छ माया छपक्कै-२’ : प्रेमको कथा कि राजनीतिक महाभारतको ऐना?
- मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
- काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
- दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?
- ३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौँ,
नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् ।
नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ः०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ । मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन लाम लागेका कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो ।
चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लाम लागेको छ । सौरमासका सोमबार जस्तै नै आज पनि भक्तजनको लाम मन्दिर क्षेत्रमा रहेको उहाँले बताउनुभयो । आज पनि पशुपति क्षेत्रमा बोल बम यात्रीको आगमन बढेको छ । वाग्मती नदीको शिरोभागस्थित सुन्दरीजलबाट शुद्ध जल ल्याएर आराध्यदेव भगवान् पशुपतिनाथलाई चढाउने भक्तजनको लाम लागेको पुरातत्व अधिकृत गौतमले बताउनुभयो । कोषले आज पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ ।

नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौँ महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ । नित्य पूजा सकिएपछि भक्तजनलाई पूजा, आराधनाका लागि खुला गरिएको महानगरपालिका–१ का सदस्य रोशन श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यहाँ आज विशेष मेलाको आयोजना पनि गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको हो । बिहान नित्यपूजापछि टौदहमा भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिनुभयो ।
टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा २०७० सालपछि बन्द भएको थियो । विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उहाँले बताउनुभयो । टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । यहाँ बिहानैदेखि आएका भक्तजनलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको समाजले जनाएको छ ।