सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद: ‘नेपाल एक्लो छैन, पुनर्निर्माणमा सघाउँछु’

काठमाडौं :

मंगलबा नेपाल आएका भारतिय अभिनेता सोनु सूद बुधबार भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन्। आफ्ना साथीहरु सहित उनी त्रिशुली पुगेर स्थानियसँग कुराकानी गरेका हुन्।

बाढीले तहसनहस बगाएको त्रिशुली किनारमा रहेका स्थानियसँग सोधखोज गर्दै,बालबच्चासँग फोटो खिच्दै आफुले सक्दो सहयोग गर्ने बताए। उनले दिनभर खिचेको केहि फोटो सार्वजनिक गर्दै अभिनेता तथा समाजसेवी सुदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको भनाई राखेका छन्।

सुद लेख्छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु। भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू। नेपाल एक्लो छैन। म नेपाली जनताको साथमा छु। आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न मद्दत गर्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु।’

उनले आफ्नो सामाजिक संस्था सुद च्यारिटी फाउन्डेसनमार्फत काम गर्ने जनाएका छन्। उनीसँगै केहि नेपाली मिडियाकर्मीहरु समेत साथैमा पुगेका छन्।

Leave A Reply

Your email address will not be published.