सुचना, समाचार र मनोरन्जन

आईआईएफटी स्पपेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट

काठमाडौँ :

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनद्वारा आयोजित दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ सम्पन्न भएको छ। काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजना गरिएको एक्स्पोमा उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको हो।

एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा आयोजना गरिएको थियो। प्रदर्शनीमा संस्थाका १०१ जना इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका ४२ वटा थेसिस डिजाइन र ७८ वटा क्याफे डिजाइन गरी कुल १२० वटा सिर्जनात्मक नमुनाहरू राखिएका थिए।

प्रतियोगिताअन्तर्गत ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६’ को क्याफे डिजाइनतर्फ रुची बानियाँ विजेता, ग्रिष्मा बोगटी प्रथम रनरअप र स्मृति श्रेष्ठ दोस्रो रनरअप बने। सो विधाको निर्णायकमा रामगोपाल तन्डुकार र मुकेश महर्जन रहेका थिए। यस्तै थेसिस डिजाइनतर्फ दिपेश माली विजेता, समिना महर्जन प्रथम रनरअप र अनिशा खड्गी दोस्रो रनरअप घोषित भए, जसमा रञ्जन प्रजापति र रविन शिल्पकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

Chaka Panja

त्यसैगरी ‘सिजन ७’ अन्तर्गत क्याफे डिजाइनतर्फ विवेक श्रेष्ठ विजेता, समृद्धि श्रेष्ठ प्रथम रनरअप र शोभा अधिकारी दोस्रो रनरअप भए भने थेसिस डिजाइनतर्फ एन्जल सिंह महर्जन विजेता, ग्रिष्मा बोगटी प्रथम रनरअप र सुसेना लिम्बू दोस्रो रनरअप बन्न सफल भए। विधातर्फको ‘पब्लिक च्वाइस अवार्ड’ क्याफे डिजाइनमा निकल भैला श्रेष्ठ र थेसिस डिजाइनमा अनिशा थापाले प्राप्त गरे।

प्रतिस्पर्धाका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। क्याफे डिजाइनतर्फका विजेता, प्रथम रनरअप र दोस्रो रनरअपले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गरे। यस्तै थेसिस डिजाइनतर्फका विजेता, प्रथम रनरअप र दोस्रो रनरअपले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए।

कार्यक्रमका प्रमुख अतिथि माल्टाका लागि नेपाली कन्सुलर दिनेश श्रेष्ठ र आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालगायतले विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेका थिए। सो अवसरमा कन्सुलर श्रेष्ठले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक रूपमा अघि बढ्न ठूलो सहयोग पुग्ने बताए।

प्रबन्ध निर्देशक शेर्पाले नेपालमा दक्ष फेसन तथा इन्टेरियर डिजाइनरको माग पूरा गर्ने उद्देश्यले आयोजित यो एक्स्पो विद्यार्थीका लागि शैक्षिक उपलब्धि प्रदर्शन गर्ने र व्यवसायीहरूका लागि नयाँ प्रतिभा पहिचान गर्ने महत्त्वपूर्ण मञ्च बनेको उल्लेख गरे। एक्स्पोको समापन समारोहका अवसरमा उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोहसमेत सम्पन्न गरिएको थियो।

Leave A Reply

Your email address will not be published.