काठमाडौं,
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिनमा सुनको मूल्य घटेर कारोबार हुँदै आएको छ ।