सुचना, समाचार र मनोरन्जन

सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

सर्लाही,

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गरेका छन् ।

आज भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवारसँग कुराकानी गर्दै राज्य पीडितहरूको साथमा रहेको आश्वासन दिए । उनले पीडित परिवारलाई नआत्तिन आग्रह गर्दै घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

Pach Pandav

दुःखद घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यस कठिन परिस्थितिमा पीडित परिवारलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेटघाटमा सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद नरेन्द्र साह, सर्लाही क्षेत्र नम्बर २ का सांसद रवीन महतो लगायत अन्य संघीय सांसदहरूको समेत उपस्थिति रहेको थियो ।

सभामुखसहितको टोलीले पीडित परिवारको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग र राहतका विषयमा आश्वस्त पारेको छ ।

Leave A Reply

Your email address will not be published.