सुचना, समाचार र मनोरन्जन

नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छः गृहमन्त्री गुरुङ

काठमाडौँ,

गृहमन्त्री सुधन गुरुङले नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने बताएका छन् ।

Pach Pandav

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– “हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ–राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने। यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ। “

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले बताए ।

उनले भनेका छन्– “हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो।

Leave A Reply

Your email address will not be published.