पोखरा,
एसटी (ST Creation) क्रियसनको आयोजनामा सम्पन्न ‘७औँ लिटिल फेयरी २०२६’ को उपाधि प्रतियोगी नम्बर ९ प्रनाक्क्षी बस्यालले जितेकी छन् ।

११ वर्षीया प्रनाक्क्षी गण्डकी बोर्डिङ स्कुलको कक्षा ५ मा अध्यनरत मेधावी छात्रा हुन् । प्रतियोगितामा १४ जना फाइनल सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले लिटिल फेयरी २०२६ को ताज पहिरिन सफल भएकी हुन् ।
प्रतियोगितामा सहभागीहरूले इन्ट्रोडक्सन राउन्ड, ट्यालेन्ट राउन्ड र प्रश्न–उत्तर राउन्डमा आफ्नो प्रतिभा, आत्मविश्वास तथा व्यक्तित्व प्रस्तुत गरेका थिए ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक एसटी क्रियसनले जनाएको छ ।