सुचना, समाचार र मनोरन्जन

आँचलले अनमोलको प्रशंसाा गर्दै भनिन् : के नयाँ गरुँ भनेर सोच्नुहुन्छ

काठमाडौं :

अभिनेत्री आँचल शर्माले अभिनेता अनमोल केसीको तारिफमा समय खर्चिएकी छन्। एक दशक अघिसँगसँगै जस्तो फिल्म क्षेत्रमा भित्रिएका अनमोल र आँचलले भनेसँगै फिल्ममा सहकार्य गर्न पाएका थिएनन्।

Pach Pandav

एकदशकपछि बल्ल जुरेको उनीहरुको सहकार्यमा एकअर्काबीच तारिफमा समय खर्चिएका छन्। फिल्म जेरी अन टप’मा एकसाथ अभिनय गरिरहेका आँचलले अनमोलको तारिफमा समय खर्चिएकी हुन्। आँचल अनमोलको स्वभाव र काम गर्ने शैलीबाट प्रभावित भएकी रहेकी छन्। शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अनमोल नम्र स्वभावको वर्णनमा समय खर्चिन भ्याइन्।

‘अनमोलसँग काम गर्दाको अनुभव राम्रो रह्यो,’उनले भनिन्,‘उहाँ एकदमै हम्बल (नम्र) हुनुहुन्छ । के नयाँ गरुँ भनेर सोच्नुहुन्छ।’

उनले थपिन्,‘सुटिङ सेटमा हाम्रो मुड अन–अफ भइरहन्छ। गफ गर्दागर्दै टेकमा गइहाल्छौं। अनमोलजी चाहिँ आफ्नै जोनमा बसिरहनुहुन्छ। त्यसले चरित्रमा केही न केही फाइदा अवश्य पनि पुग्छ। उहाँ मलाई व्यक्तिगत र कलाकार दुवै रुपमा मनप¥यो।’

Leave A Reply

Your email address will not be published.