काठमाडौं :
फिल्म ‘दुखी आत्मा’को फस्टलुक रिलिज भएको छ। निर्माण टिमले फिल्मको ३ वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ।आगामी फागुन २ गतेबाट प्रदर्शनमा आएको यो फिल्मको पोस्टरमध्ये एउटामा अभिनेता दयाहाङ राइलाई सिंगल देखाइएको छ।
यस्तै, अर्को एक पोष्टरमा दया अभिनेत्री आँचल शर्मासँग रोमान्टिक देखिएका छन्। अर्को एक पोष्टरमा भने फिल्मका मुख्य कलाकारहरू अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्म क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको हो। हिमाल कडरियाको लगानी रहेको यो फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल रहेका छन्। यो फिल्ममा कवि श्रवण मुकारुङको १० पेचिला कविता पनि समावेश गरिएको छ। आलोक शुक्लाको डीओपी रहेको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ। यसअघि दीपेन्द्र र हिमालले सहकार्य गर्दै ‘नाङ्गो गाउँ’निमाण गरेका थिए। जुन फिल्म हिट भएको थियो।