सुचना, समाचार र मनोरन्जन

‘एक्टर’को ‘चिरी च्याट्ट बरिलै’आयो भिडियोमा

काठमाडौं :

प्रदर्शन मिति नजिकीयसंगै फिल्म ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ। आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने फिल्म‘एक्टर’को रोमान्टिक गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ।

रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर रहेको गीतका संगीतकार सम्राट थापा हुन्। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रिन्स थापा र कविता नेपालीलाई नचाइएको छ।

नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र बनेको निर्माता मनोहरी थापाले बताए। ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल,कृष्ण मल्ल,सरोज खनाल,शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने फिल्ममा सम्राट थापाको कथा तथा संगीत रहेको छ।

यसमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ ।

Leave A Reply

Your email address will not be published.