सुचना, समाचार र मनोरन्जन

गोविन्दाकी पत्नी सुनिता आहुजाको भनाइ भाइरल : ‘म कसैको बाउको त पिउदिन’

मुम्बई : बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छिन्। उनी चर्चामा आउनुको मुख्य कारण हो ,‘रक्सी पिउने कुरा’।
हालै एक पोडकास्टमा उनले रक्सी पिउने बानी रहेको खुलेर बोलेकी थिइन्। जसको एक अंश तीव्र रूपमा भाइरल भएको हो। उक्त अंश भाइरल भएपछि सुनिताले आक्रोशमा छिन्। उनले भनेकी छन्,‘हो, म कसैको बाउको त पिउदिन।’

उनले जीवनमा सन्तुलन आवश्यक रहेको बताउँदै पूजापाठ र रक्सी एकअर्कासँग बाझिने कुरा होइन भन्ने धारणा राखिन्। ‘मान्छेलाई सोख पनि हुन्छ, के आफ्नो सोख नै मार्नुपर्छ? भन्ने कुरा गरेकी थिइन्। उक्त कुरा यतिबेला ट्रोल नै बनेको छ। साथै, उनले स्वास्थ्य सन्दर्भमा भनेकी छिन्,‘डाक्टरहरूले पनि भन्छन्, दुई पेग पिउनु मुटुका लागि राम्रो हुन्छ।’

यसअघि सुनिताले एक मिडिया भ्रमणका क्रममा आफ्नो होम बार देखाउँदै त्यसलाई आफ्नो ‘फेभरेट स्पेस’ बताएकी थिइन्।

Leave A Reply

Your email address will not be published.