सुचना, समाचार र मनोरन्जन

सलमान खानको स्वास्थ्य खुलासा : भने,‘ मलाई ब्रेन एन्युरिज्म र न्युराल्जिया भएको छ’

काठमाडौं :

बलिउड अभिनेता सलमान खानले आफू ‘ब्रेन एन्युरिज्म’ नामक गम्भीर रोगसँग जुधिरहेको बताएका छन्। उनले ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनको पहिलो एपिसोडमा सहभागी भएका सलमानले आफ्ना शारीरिक समस्याबारे बोलेका हुन्।

उनी भन्छन्,‘मलाई ट्राइजेमिनल न्युराल्जिया छ, दिमागमा एन्युरिज्म छ, तर अझै पनि काम गरिरहेको छु।’ सलमानको यो स्वास्थ्य खुलासापछि ‘ब्रेन एन्युरिज्म’बारे खोजी बढेको देखिन्छ। चिकित्सकहरूका अनुसार, यो रोग दिमागको रक्तनली फुल्ने अवस्था हो, जुन फुटेमा ज्यानसमेत जाने खतरा हुन्छ।

उनका अनुसार फिल्म ‘सिकन्दर’को सुटिङका क्रममा छातीको हाडमा चोटसमेत लागेको थियो। मुख्य लक्षणहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, आँखा दुख्ने, अनुहार सुन्निने आदि पर्दछन्। यसका कारणहरूमा धूम्रपान, उच्च रक्तचाप, वंशानुगत समस्या, तथा टाउकोमा चोट प्रमुख मानिन्छन्।

उपचारका लागि सर्जिकल क्लिपिङ, एन्डोभास्कुलर ट्रिटमेन्ट र फ्लो डाइभर्जन विधिहरू प्रयोग गरिन्छ। समयमै पहिचान र उपचार भएमा रोगबाट बच्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.