सुचना, समाचार र मनोरन्जन

‘एक्टर’मा प्रदीपको जोडी आना

काठमाडौं :

प्रदीप खड्का मुख्य भुमिका रहने फिल्म ‘एक्टर’मा अभिनेत्री आना शर्माको पनि इन्ट्रि भएको छ। निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी संझौता भएको हो । आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् । यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ। यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ। फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.