सुचना, समाचार र मनोरन्जन

‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

काठमाडौं :

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन्। बुधबार निर्देशक गिरीले उनीहरुलाई फिल्ममा अनुबन्ध गरेका हुन्।

यस अघि फिल्ममा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीलाई अनुबन्ध गरिएको थियो। दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्माको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी,रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्म आगामी फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ ।

Leave A Reply

Your email address will not be published.