भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेनाको एक प्रशिक्षार्थी विमान दुर्घटना भएको छ। घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान सहरको बिचमा रहेको पोखरीमा खसेको हो। विमान उडिरहेका बेला अचानक सन्तुलन गुमाएपछि केपी कलेजको पछाडि खसेको हो।
विमान दुर्घटना हुँदा आवाज यति ठूलो थियो कि टाढासम्म सुनिएको थियो। कुनै हताहत भएको खबर छैन। पाइलटहरू सुरक्षित रहेको र उनीहरूलाई उद्धार गरी अस्पताल भर्ना गरिएको बताइएको छ।