पोखरा,
अन्तरिम सरकारका चार मन्त्रीहरु राजिनामा दिएर फागुन २१ गते हुने निर्वाचनमा होमिदा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आफु चुनाव सम्पन्न गराएर मात्र अवकास लिने बताएकी छिन ।
श्रेष्ठले बुधबार सामाजिक संजालमा स्टाटस लेख्दै उक्त कुरा बताएकी छिन । उनले लेखेकी छिन सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको हैसियतले म निष्पक्ष, पारदर्शी र सफल निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध छु।
उनले अघि लेख्छिन, लोकतन्त्रको संरक्षण र सुदृढीकरण गर्नु हाम्रो साझा कर्तव्य हो। निष्पक्ष र सफल निर्वाचनमार्फत लोकतन्त्रलाई अझ सशक्त बनाउने दिशामा सबैलाई जिम्मेवारीका साथ अघि बढ्न अनुरोध गर्दछु। कार्यभार सम्हालेदेखि म निष्ठा, लगन र इमान्दारिताका साथ सीमित समयभित्र अधिकतम प्रयास गरिरहेको छु। लोकतन्त्रको आधारशिलाका रूपमा रहेको निर्वाचनलाई सफल बनाउन सबैको सहकार्यको अपेक्षा गर्दछु।”
मन्त्री श्रेष्ठले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन आम नागरीकमाझ अपिल समेत गरेकी छिन ।