Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ
- सरकारप्रति महानायक राजेश हमालको कटाक्ष: ‘नेतृत्वमा परिपक्वता र दूरदृष्टि नहुँदा राष्ट्र संकटमा पर्न सक्छ’
- चलचित्र पत्रकारिताको स्तर सुधार्न पत्रकार संघको नयाँ जमर्को: फिचर लेखन प्रतियोगिताको पुरस्कार राशि २० हजारसम्म
- डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक
- छाया सेन्टरमा चिनियाँ चलचित्र महोत्सव :६ उत्कृष्ट फिल्म हेर्न ओइरिए १४ सय दर्शक
- कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
- स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
- रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
- कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
- ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो
अर्मनमा अलैँचीखेतीको परीक्षण सफल
म्याग्दी,
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो ।
टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए । “अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ”, अलैँचीखेती गर्दै आउनुभएका उनले भने “यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।”
थापाले घरबाटै प्रतिकिलो रु एक हजार ९५० का दरले तीन सय ८० किलो अलैँची बिक्री गरेको जानकारी दिए । उनले परीक्षणका लागि विसं २०७४ मा अलैँचीखेती सुरु गरेका थिए । यसवर्ष टीकावाङका शेरबहादुर थापाले ८० किलो र दुर्गाबहादुर थापाले १५ किलो अलैँची बिक्री गर्नुभएको छ । एकजना किसानले न्यूनतम दुईदेखि १० किलो अलैँची बिक्री गरेका छन् ।
अर्मनको टिकावाङका साथै खोलाखर्कमा पनि अलैँचीखेती गरिएको छ । म्याग्दीको अन्य ठाउँमा अलैँचीखेती भएको छैन् । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाँले जिल्लाको अर्मनमा मात्र व्यावसायिक अलैँचीखेती भएको बताउनुभयो । अर्मनमा अलैँचीखेतीको परीक्षण सफल भएपछि किसान उत्साहित भएका उनको भनाइ छ ।
यहाँबाट वार्षिक रु १५ लाख मूल्य बराबरको अलैँची बिक्री हुने गरेको कृषि शाखाका प्राविधिक बानियाँले जानकारी दिए । प्रशस्त अलैँची उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । पूर्वी नेपालको कोशी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती हुुन्छ ।
वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँचीखेती उपयुक्त मानिने कृषि शाखाका प्राविधिक बानियाँले जानकारी दिनुभयो । “अलैँचीखेतीका लागि शितोष्ण आद्रता भएको जलवायु चाहिन्छ । नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँचीखेती हुने गरेको छ”, उनले भने ।
मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले टीकावाङ, खोलाखर्कलगायत अर्मनका ओसिलो क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । पालिकाले अलैँचीका बिरुवा खरिदमा अनुदान, टिप्ने, भण्डारण गर्ने औजार, उपकरणमा सहयोग, खेतीसम्बन्धी प्राविधिक ज्ञानसीपसहितको तालिम र बजारीकरणमा सहजीकरण गगरिरहेको उनले जानकारी दिए ।
Prev Post