
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पल शाह,मलिका महत अभिनित फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टरमा झल्कियो कारुणिक कथा
- ‘बेहुली’ दोस्रो हप्तामा सुखद प्रवेशः अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरुमा पनि रिलिज
- खेम र टेरियालाई लिएर ‘बसन्ती’ निर्माण गर्दै नारायण रायमाझी, शनिबारदेखि छायांकन
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगरको ‘जलाकी’: सोनम र उपासनाको प्रेमदेखि प्राकृतिक सुन्दरतासम्म
- काजीको हातमा ब्याट: अधुरो कथा पूरा गर्न कार्तिक ६ मा आउँदै ‘कबड्डी ५’
- कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
- बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप
- Korean Artist Ku Hyun Kim Donates 5,000 kg Rice to Flood Victims
- बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम
- लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल
बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो
चितवन,
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएको उहाँको भनाइ छ । उनका अनुसार समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको हो ।
गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएको जनाउँदै सूचना अधिकारी मगरले निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको बताए । उनका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गर्दै आइएको छ ।
Next Post