सुचना, समाचार र मनोरन्जन

‘सैयारा’की अभिनेत्री अनित पड्डा काठमाडौंमा, ल्हाकिलासँग रमाइलो घुमघाम

काठमाडौं :

बलिउड ब्लकबस्टर फिल्म सैयारा बाट डेब्यू गरेकी अभिनेत्री अनित पड्डा यतिबेला काठमाडौंको भ्रमणमा छिन्। नेपाली मूलकी अभिनेत्री तथा इन्फ्लुएन्सर ल्हाकिला गुरुङसँगै राजधानीका विभिन्न स्थानमा घुमघाममा ब्यस्त देखिएकी पड्डा सामाजिक सञ्जालमा समेत छाएकी छन्।

अमेजन प्राइमको चर्चित सिरिज Big Girls Don’t Cry मा सहकार्य गरेकी यी दुई कलाकार हाल काठमाडौंको पर्यटकीय स्थानहरूमा देखिएका छन्। बौद्ध स्तुपा, सडक घुमफिरदेखि कराओकेमा रमाइलो गरिरहेको तस्बिर तथा भिडियो ल्हाकिलाले इन्स्टाग्राममा सेयर गरेकी छन्।

Pach Pandav

ल्हाकिलाले लेखेकी छन्, “विशेष अनित पड्डा। शब्द छैन यो स्टारको लागि—केवल माया। साथै, मैले उनको यात्रा १००% सार्थक बनाएँ, म वाचा गर्छु।”

हालै प्रदर्शनमा आएको सैयारा ले नेपाली बक्सअफिसमा यसवर्षकै सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको रेकर्ड राखेको छ। फिल्मको वैश्विक सफलता पछि पड्डा फुर्सदमा नेपाल आएकी हुन्।

कामको सन्दर्भमा, अनित पड्डाको नयाँ ओटीटी सिरिज न्याय रिलिजको तयारीमा छ। त्यस्तै, निर्देशक मनीष शर्माको एक रोमान्टिक फिल्ममा पनि उनको अभिनय हुने चर्चा छ।

Leave A Reply

Your email address will not be published.