सुचना, समाचार र मनोरन्जन

‘स्वरमाधुरी’ अञ्जना गुरुङको जादुमय एकल प्रस्तुति

काठमाडौं : 

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ को विशेष अवसरमा ‘स्वरमाधुरी’ उपाधिले सम्मानित वरिष्ठ गायिका अञ्जना गुरुङ ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै एकल सांस्कृतिक कार्यक्रम दिइन्।

उनले “आँखीमा राख्छु मेरो देश,” “यस्तै हो माया,” “आँधी सरी तिम्रो माया,” “गङ्गारबे” (ढगुरुङ भाषाको गीत), “जसले मुटु चुँडेर लग्यो,” “बदनाम भएँ म तिम्रैक कारणले,” “एटम बम,” “म त काली सुन्दरी,” “ठ्याक्कै भेटौला,” र “माईली रोधी घरमा” लगायतका गीतहरू प्रस्तुत गरिन्।

‘ठ्याक्कै भेटौला’ गीतमा भने गायिका गुरुङलाई गायक तथा संगीतकार कन्हैया सिंह परियार ले साथ दिएका थिए। उनको मधुर स्वर र सजीव प्रस्तुतीले कार्यक्रमस्थलमा पुरानो नेपाली संगीतको सुवास फैलिएको थियो। साथै, राष्ट्रिय गीत र रोदी शैलीका नृत्य प्रस्तुती ले कार्यक्रममा थप रौनकता भरेका थिए। कार्यक्रमको कोरियोग्राफी नृत्य निर्देशक जोगेन्द्र के.सी. ले गरेका थिए।

Leave A Reply

Your email address will not be published.