सुचना, समाचार र मनोरन्जन

के अनमोल केसीले ‘रावायण’ टिमलाई धोका दिएका हुन् ?

काठमाडौं :

केहि दिन अघि फिल्म ‘रावायण’का टिमले अनमोल केसीसँग फिल्ममा सम्झोता भएको भन्दै एउटा तस्विर सामाजिक सञ्जालमा पोष्ट गरे। फिल्ममा अनमोल पक्का पक्की भएको ह्वीप चलाए। फिल्मका लागि अनमोलसँगको तस्विरमा फिल्मका लेखक,निर्देशक र निर्माता थिए। फिल्ममा अनमोल अनुबन्धित भएको समाचार छपाए।

Chaka Panja

समाचार आएको केहि दिन अर्थात आज अनमोलले आफुले फिल्म ‘रावायण’मा काम गर्ने कुनै सम्झौता नभएको बताए। उनले यो फिल्मका लागि कुराकानी मात्रै भएको तर, अनुबन्धित आफु नभएको जानकारी दिए। यसबाट भने निर्माण टिम झस्किएको छ।

असोजको पहिलो साताबाट छायांकनमा जाने भनिएको फिल्म ‘रावायण’मा मुख्य कलाकार नै नभएपछि अन्योलता छाएको छ। अहिले निर्माण टिम र अनमोलबीचको दुरी बढेको कारण फिल्म असोजमै हुने नहुने कुरामा एकिन छैन। हुन त अनमोलले यस अघिका थुप्रै फिल्ममा साइन गरेपछि पनि फिल्मबाट हात झिकेका थिए।

उनले निर्मातासँग पेश्की लिएको केहि महिनापछि फिर्ता गर्ने गरेका थिए। यसको बास्तविकता बाहिर नआए पनि अनमोलसँग फिल्म मेकर ढुक्क हुने अवस्था छैन। जानकारका अनुसार यो फिल्ममा अनमोलले पेश्की रकम स्वरुप निर्मात्री सुप्रिया कटुवालको हातबाट चेक वुझेका थिए। तर,कागजी सम्झौता भने गरिएको थिएन। फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.