सुचना, समाचार र मनोरन्जन

फिल्म‘हात्तीछाप’को दोस्रो पोस्टरमा दया र उपसना कोठाभित्र बन्धक

काठमाडौं :

फिल्म ‘हात्तीछाप’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। अघिल्लो हप्ता सार्वजनिक गरिएको अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स पोस्टरले राम्रो चर्चा बटलेपछि निर्माण टिमले अर्का मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको पोस्टर सार्वजनिक गरिएको छ। जहाँ दया र उपसनालाई बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ ।

Chaka Panja

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा दयाहाङ र उपासना जोडीको रुपमा रहेको संकेत गर्छ । यस फिल्ममा विल्सन विक्रम राई, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेललगायतको पनि अभिनय रहेको छ ।

अघिल्लो वर्षको हिट फिल्म ‘दुई नम्बरी’पछि दयाहाङ र सौगातको जोडी ‘हात्तीछाप’मा दोहोरिएका छन् । सुशान्त प्रजापतिको छायांकन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मको कार्यकारी निर्मातामा सरोज नेपाली छन् भने पुष्कर गुरुङ र अमला देवी राई निर्मातामा छन् । यो फिल्म आगामी माघ २६ गते प्रदर्शन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.