सुचना, समाचार र मनोरन्जन

अरुणको जन्मदिनमा ‘हन्टर’ क्यारेक्टर लुक्स

काठमाडौं :

फिल्म ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। निर्माण पक्षले बुधबार फिल्मका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो।

उक्त पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्। उनको अनुहारमा रगत लतपतिएको छ। यसले उनी एक्सन भूमिकामा रहेका छन् कि भन्ने अनुमान लगाउन सकिन्छ। बताउँछ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्ममा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन। यो फिल्म जीवन सिंहको डेब्यु निर्देशनमा बनेको हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । यो फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताए। उनका अनुसार यो फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने छ।
उनले पत्रकारसँगको कुराकानीमा भने,‘रियल पात्रको कथामा फिक्सन मिसाइनेछ। जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ।’ फिल्ममा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । ममता सिहं, राज ए भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द र गोविन्द राज सह(निर्माता रहेका छन्। यस सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन् । प्रि–प्रोडक्सनमा रहेको फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ।

Leave A Reply

Your email address will not be published.