काठमाडौँ।
फरक फरक जनराका फिल्म निर्माण तथा निर्देशन गरेका मिलन चाम्सले लभस्टोरी फिल्म ‘सुम्निमा’निर्देशन गर्ने भएका छन्। बुधबार निर्देशक चाम्सले लभ स्टोरी जनराको फिल्म निर्माण गर्न लागेका लागेको जानकारी दिएका हुन्।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यस फिल्मको टाइटल ‘सुम्निमा’ राखिएको निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक चाम्सले पत्रकारसँगको कुराकानीमा यो फिल्मको नाम सुन्दा नै नारीको कथा लाग्ने भए पनि फिल्ममा त्यस्तो कथा नभएको बताए। उनले यो पुरा प्रेमकथामा नै फिल्म बन्ने दाबी गरे।
राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्सद्वारा निर्देशितफिल्म‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। यसअघि निर्देशक चाम्सले फिल्म ‘बिर बिक्रम’,‘लिली बिलि’,‘ब्लाइण्ड रक्स’,‘बबी’,‘गोर्खा वारियर’ जस्ता फरक फरक जनराको फिल्म निर्माण गरिसकेका छन्।