सुचना, समाचार र मनोरन्जन

‘मितज्यु’ मा अरुण पुन मगर अनुबन्ध

काठमाडौं :

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’मा अभिनेता अरुण पुन मगर अनुबन्ध भएका छन्। निर्माण टिमले उनलाई बिहीबार औपचारिक रूपमा अनुबन्ध गरेको हो।

यसअघि अरुणले फिल्म ‘खुश्मा’ मा अभिनय गरेका थिए। ‘मितज्यु’मा उनीसँगै सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने पनि अनुबन्ध भइसकेका छन्।

फिल्मको कथा महेश राई को लेखनमा तयार भएको हो भने निर्माता जनक घर्ती मगर हुन्, जसले यसअघि हिट फिल्म ‘घरज्वाइँ’ निर्माण गरेका थिए। निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो।

फिल्मको छायांकन मंसिर दोस्रो हप्तादेखि रोल्पा लगायतका स्थानमा सुरु हुने छ। शिशिर बिशङ्खे सिनेमाटोग्राफर रहनेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा निर्माण हुने यो फिल्म चैत २७ गतेबाट प्रदर्शनमा आउने तय भएको छ। फिल्म आर आर फिल्म्सले वितरण गर्नेछ भने निर्माण व्यवस्थापकमा धन बहादुर राई रहेका छन्।

Leave A Reply

Your email address will not be published.