सुचना, समाचार र मनोरन्जन

बबिता श्रेष्ठको निर्देशनमा बन्यो ‘राजै’

काठमाडौं :

महिला म्युजिक भिडियो निर्देशनमा एकछत्र राज गर्न सफल बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । शुक्रबार (आज) गीतको भिडियो रिलिज भएको हो।

Chaka Panja

गीतमा नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको छ। ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन्। मायाँप्रेममा आधारित भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरिया, राजकुमार शाह, आर्यन पुडासैनी, दिपेश श्रेष्ठ लगायतको अभिनय रहेको छ। भिडियो उत्सव दाहालले खिचेका छन् भने सम्पादन कल्पेश विश्वकर्माको छ।

Leave A Reply

Your email address will not be published.