सुचना, समाचार र मनोरन्जन

राजेशको निर्देशनमा ‘सक्दिनँ तिमी बाहेक’

काठमाडौं :

गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ। राजेश पुमा राई निर्देशित भिडियोमा निराजन प्रधान र करिश्मा श्रेष्ठ फिचर्ड छन् ।

Pach Pandav

मुस्ताङको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा निराजन र करिश्मालाई रोमान्टिक भावमा देखाइएको छ । निराजन यतिबेला अष्ट्रेलियामा छन्। उनका अनुसार नेपाल आएको समयमा उनले यो भिडियोमा अभिनय गरेका हुन्।

भिडियोमा राज दोङ आरडीको सहायक निर्देशन, असिम रानाभाटको स्टाइल, अस्मिता राईको मेकअप, प्रेम रसाइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र दीपेन्द्र गौतमको प्रोडक्सन छ । भिडियो द्रिप चाम्लिङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave A Reply

Your email address will not be published.